जहाँ छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमार्फत दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो  ।

उनका अनुसार स्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको छ । आज थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ । 

त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ जना रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको