अक्षयको अपिल–’पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिनुहोला’

काठमाडौँ, १८ असोज । बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो भनाई राखेका छन् ।

उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संकृतीलाई विश्वमाझ पुर्याउने कामगरेका छौ । जब–जब देशका जनताको भावनाको कुरा आउँछ, हामीले त्यसलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने कोशिश गरेका छौ ।’

अक्षयले बलिउडसँग जोडिएको ड्रग्सको मुद्दामा भने–‘हिजोआज ड्रग्सको बारेमा खुबै कुरा हुने गरेको छ । दिलमा हात राखेर बलिउडमा ड्रग्सको समस्या छैन भनेर म झुटो बोल्न चाहन्न । तर, हरेक मानिस यसमा जोडिएको छ भन्ने हुँदैन । ड्रग्स एउटा गम्भिर मुद्दा हो र मलाई आशा छ कानुनले यो बिषयमा गम्भिर तरिकाले अनुसन्धान गर्नेछ ।’

अक्षयले हात जोडेर अपिल गर्दै भने–‘पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिनुहोला । यो गलत हुन्छ । मलाई मिडियाको शक्तिमाथि पनि विश्वास छ । मिडियाले आवाज उठाउन छाड्नु हुँदैन, तर संवेदनशीलतालाई छाड्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै