आइपीएलमा दिल्ली र बैंगलोरको तेस्रो जित

काठमाडौँ, १८ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित निकालेका छन् ।

सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रनमा समेटियो ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १-१ विकेट लिए । जितसँगै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक भए पनि बैंगलोर रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

शनिबारकै पहिलो खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।आबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस