बत्तिमुनिको अध्यारो ठाउँलाई उज्यालो बनाउँदै सांसद पहारी

पोखरा, १७ असोज । विगतको लामो समयसम्म विकासमा पछि परेको ठाउँहरुमा एक पछि अर्को गर्दै विकासका ढोकाहरु खुल्ला भएका मात्र छैनन् कि दैनिक रुपमा एक कदम अघि बढिरहेका छन् ।

यसै क्रममा नेपालकै सवैभन्दा ठूलो महानगरपालिका, परिचित, विकसित, पर्यटकीय सहरको रुपमा रहेको पोखराका केही ठाउँहरु भने विकासमा पछि परेका छन् थिए । तर वर्तमान जनप्रतिनिधिले नेतृत्व गरेसँगै पछि परेका ठाउँहरुको पहिचान परिवर्तन भई विकसित ठाउँहरुको पहिचान स्थापीत गर्न थालेका छन् । यसै क्रममा पोखरा महानगरपालिकाका वडा नंं. २३ पनि एक हो । आज पोखरा २३ लौरुक – बाम्दी – चापाकोट ग्रामिण सडकको पिच सहित निर्माण कार्यको शिलान्यास गरिएको छ ।

विकसित तथा पर्यटकीय सहरको रुपमा रहेको पोखरा २३ मा हालसम्म कुनै पनि सडकहरु कालोपत्रे गरिएको थिएन । जहाँ विगतका जनप्रतिनिधिको नजर समेत परको थिएन । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले बत्तीमुनीको अध्यारो ठाउँलाई उज्यालो प्रदान गर्नुभएको छ ।

यसै क्रममा सांसद पहारीले पोखरा महानगरपालिकामा भइकन १ मिटर पनि पिच नभएको वडा नम्बर २३ मा आज पिच सडक निर्माणको शिलान्यास गर्नुभएको छ । बाम्दीको फेदीबाट सुरू कोलोपत्रे अबको ४ महिनामा निर्माण सम्पन्न हुने बताइएको छ । शिलान्यास कार्यक्रममा बोल्दै सांसद पहारीले भन्नुभयो, ‘यो सुरूवात मात्रै हो । यहाँबाट पुम्दीसम्मै पिच सडक पुर्‍याउने लक्ष्य छ । ईतिहासमै कोही पनि जनप्रतिनिधि नपुगेको मार्की भन्ने ठाउँमा मेरो निरन्तर सक्रियता र पहलकदमी रहने छ । जुन पोखराको नजिकैको गाउँ भएता पनि बत्ती मुनिको अँध्यारो जस्तै रहेछ । अव त्यो दिन समाप्त हुनेछ ।’

कार्यक्रममा बोल्दै सांसद पहारीले निर्धारित समयमा निर्माण सम्पन्न नगरे ठेगदार कम्पनीलाई कालोसूचीमा राखी कानुनी कारवाही अगाडि बढाउने चेतावनी दिनुभयो । हल्लन चोकदेखी पञ्चासेसम्म आफ्नो कार्यकालमा कालोपत्र सडक पुर्याएरै छोड्ने प्रतिवद्धता जनाउँदै सांसद पहारीले विकासको दिनगन्ती शुरु भइसकेको बताउनुभयो ।

सडक, पुल, खानेपानी, ढल, सिँचाई, विद्यालयका भवनलगायतका करोडौंका कामहरु तिव्र गतिमा कामहरु भइरहेको जानकारी गराउँदै उहाँले वस्ती संरक्षणका लागि सरकार लागि परिरहेको बताउनुभयो । पोखराको फेवाताल संरक्षणको लागि वडा नं. २३ का सम्पूर्ण सडकहरु कालोपत्रे अनिवार्य गर्नुपर्ने बताउँदै उहाँले विकास हेर्न पोखरा जाउँ भन्ने आम नेपाली जनतालाई बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ ले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाललाई जितका लागि दुई सय २३ रनको विशाल

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड