दक्ष जनशक्ति निर्माण अहिलेको कार्यभार : मन्त्री पोखरेल

महोत्तरी, १७ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन् । शनिबार महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए । 

सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीय तह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ । जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताए । शिक्षाले ज्ञान, सीप दिनसँगै  चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ ।

पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने पोखरेलले बताए । “परिस्थितिवश विद्यालय बन्द हुन सक्छन्, जस्तो कि अहिले बन्द गरिएका छन्”, मन्त्री पोखरेलले भने, “तर, शिक्षा लिने÷दिने प्रक्रिया बन्द हुँदैनन्, बन्द गरिनु हुँदैन ।”  वैकल्पिक सिकाइ पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल