प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरसको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्ने सल्लाहकारहरूलाई कोरोना संक्रमण भएपछि उहाँको बिहीबार स्वाब संकलन गरिएको थियो । उहाँको रिपोर्ट नेगेटिभ आएको उहाँको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री, स्वकिय सचिव इन्द्र भण्डारी, विकास विज्ञ गजेन्द्र थपलिया, प्रेस सल्लाहकार सूर्य थापा, राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो । प्रधानमन्त्रीबाहेक उहाँहरूको रिपोर्ट पोजेटिभ आएको छ ।

झण्डै १ सय ५० जनाको कोरोना परीक्षण गरिएमा सुरक्षामा खटिएका ६५ जना सुरक्षाकर्मीलाई पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाबु छत्कुली, राष्ट्रिय युवा संघ नेपाल आज बदलिँदो राजनीतिक अवस्थासँगै लगभग सबै नेतृत्व पंक्तिको दिनचर्या बदलिएको र ब्यस्तता बढेको त

महेश वस्नेत अर्थात पूर्वउद्योग मन्त्री एक जुझारु नेतालाई नेपाली राजनीतिमा सडकको सेनापति भन्दा पनि फरक पर्दैन । जनताको बहुदलीय जनवाद

तेजबहादुर ढकाल, काठमाडौँ लामो संघर्ष र हजारौंको बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक ब्यवस्था अझै पनि संक्रमण र अस्थिरताबाट गुज्री रहेको छ

रबिन रगत राज्यको नागरिक भए पछि सक्षम नागरिकले धेरै थोरै देशको घट्ना परिघट्ना राजनैतिक अवस्था धेरै थोरै जानकारी राखेकै हुन्छ्न