काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना पोजेटिभ भएको छ ।
शुक्रबार गरिएको परिक्षणमा आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको उहाँहरुले आफ्नो सामाजिक सञ्जाल मार्फता जनकारी दिनुभएको छ । उहाँहरुको हालको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । त्यस्तै उहाँहरुले आफुसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभवहरुलाई सर्तक हुन आग्रह समेत गर्नुभएको छ ।
थापाले भन्नुभएको छ, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’
सल्लाहकार रिमालले समाजिक सञ्जाल मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ ।
रिमालले समाजिक सञ्जाल मार्फत भन्नुभएको छ, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो । यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु ।’