विश्वमा २ करोड ५८ लाख ८५ हजार भन्दाबढी मानिस कोरोनामुक्त

काठमाडौँ, १७ असोज । विश्वभर कोरोना भाइरसका कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् ।

संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका हुन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् भने ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ४० जनाको मृत्यु भएको छ । ५१ लाख ९० हजार ३५९ जना संक्रमित भएकोमा २५ लाख ७९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १३ हजार ८८६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९० लाख १३ हजार ७७४ पुगेको छ । त्यसमध्ये ५८ लाख ३३ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ९८ हजार २७८ जनाको मृत्यु भएको छ । १ करोड ८ लाख ६७ हजार ४१३ जना संक्रमित भएकोमा ९१ लाख ३६ हजार २५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ८२३ जनाको मृत्यु भएको छ । ८१ लाख ८६ हजार ६७४ जना संक्रमित भएकोमा ७० लाख ३७ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ३६ हजार २८८ जनाको ज्यान गएको छ भने १५ लाख ५ हजार ९७६ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ४६ हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३१ जनाको मृत्यु भएको छ । ३१ हजार ४११ जना संक्रमित भएकोमा २८ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण