महिला सासंदद्वारा सभामुख र अध्यक्षसँग भेटः अपराधीलाई मृत्युदण्डदेखी श्रम शिविरसम्म छलफल

काठमाडौँ, १६ असोज । संघिय महिला सांसदहरुद्वारा प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनासँग गम्भिर छलफल भएको छ । लैङ्गिक न्याय सरोकार केन्द्र (संघीय संसद महिला सासंद)ले आज प्रतिनिधी सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्षसंग महत्त्वपूर्ण भेटघाट गरेको हो ।

भेटका क्रममा समाजमा श्रृखलावद्व रुपमा घटिरहेको बालिका बलात्कार, हत्या, महिला हिंसा जस्ता जगन्य अपराधलाई अन्त गर्न, अब कडा कानुन निर्माण, गर्न बिभिन्न देशका अभ्यासमा रहेको मृत्युदण्ड, केमिकल क्यास्टेसन, आजीवन जन्म कैद, श्रम शिबिर आदिको बारेमा छलफल भएको संधिय संसद महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।

पछिल्लो समय बलात्कार पछि हत्या, महिला हिंसा, एसिड आक्रमणलगायतका अपराधिक गतिविधिहरु वढिरहेको समयमा महिला सांसदहरुले गम्भिरताका साथ छलफल तथा त्यसको निकासका बारेमा विशिष्ठ व्यक्तिहरुसँग छलफल तथा मरामर्स गर्न थालेका हुन । महिला हिंसा, बलात्कार, हत्यालगायतका अपराधिक घटनालाई न्युनिकरण तथा रोकथाम गर्न र कडा कानुन निर्माण गर्न ९ सदस्यीय समिति समेत गठन गरिएको छ । जसले आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा प्रतिवेद तयार गर्ने र सोही अनुसार अगाडी बढ्ने बताइएको छ ।

सरकारले एसिड आक्रमणलाई नियन्त्रण गर्न केही दिन अघि अध्यादेश मार्फत कडा कानुनको निर्माण गरिसकेको छ । एसिड हानेको तर नलागेमा १० वर्ष कैद तथा एसिडले छोएमा २० वर्ष कैद गर्ने कठोर कानुन ल्याइसकेको छ । अन्य अपराधिक घटनालाई नियन्त्रण गर्न अझ कठोर कानुनको आवश्यकता रहेको महिला सांसदहरुको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् । आज

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री