काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने बताएका छन् ।
आज नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिसगको भेटमा मन्त्री ढकालले सो कुरा बताएका हुन् ।
उनीहरूले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको बताए ।
सो अवसरमा मन्त्रीले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताए । उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताए ।