काठमाडौँ, १६ असोज । नेकपाका उपाध्यक्ष बामदेव गौतम बिरुद्ध सर्वोच्च अदालतमा परेको ‘संसद सदस्यको अयोग्यता सम्वन्धी’ मुद्दामा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासले आज पनि हेर्दा हेर्दैमा राखेको जनाइएको छ ।
अधिवक्ता सुरेन्द्र थापाका अनुसार अब यो मुद्दामा असोज २१ गते बुधबार बहस हुनेछ । आज ११ बजेतिरबाट बहस सुरु भएको थियो । सरकारी वकिलहरुका तर्फबाट नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे र सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गरेका थिए । यसपछि गौतमका तर्फबाट वरिष्ठ अधिवक्ता युवराज संग्रौला, वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए । असोज २१ गते गौतम र पार्टीका कानुन व्यवसायीले बहस गर्नेछन् ।