विश्वमा २ करोड ५६ लाख भन्दाबढी मानिस कोरोनामुक्त

काठमाडौँ, १६ असोज । विश्वमा एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरसबाट एकै दिन ३ लाख १५ हजारभन्दा बढी मानिस संक्रमित बनेका छन्। शुक्रबार विहान सम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ । त्यसमध्ये ३ लाख १५ हजार ३१ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २३ हजार २२५ जनाको मृत्यु भएको छ । ५० लाख ९३ हजार ८६८ जना संक्रमित भएकोमा २५ लाख ५९ हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १२ हजार ४७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८९ लाख ५१ हजार ३५ पुगेको छ । त्यसमध्ये ५७ लाख ८८ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ९६ हजार ५३७ जनाको मृत्यु भएको छ । १ करोड ७ लाख ५१ हजार ७७२ जना संक्रमित भएकोमा ९० लाख ३१ हजार ८६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५७ हजार ७३३ जनाको मृत्यु भएको छ । ८१ लाख ३९ हजार ८२५ जना संक्रमित भएकोमा ७० लाख ५ हजार ६८० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ३६ हजार १३९ जनाको ज्यान गएको छ भने १४ लाख ९६ हजार ९७७ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९२९ जनाको मृत्यु भएको छ । ३१ हजार ३९४ जना संक्रमित भएकोमा २८ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक