भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख ९१ हजार नाघ्यो

काठमाडौँ, १६ असोज । भारतमा शुक्रबार ८१ हजार ६९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ५३ लाख ४८ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख ४३ हजार ५०३ जनाको उपचार भइरहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा शुक्रबार विहान सम्म मृतक संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी