काठमाडौँ, १५ असोज । नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन तथा चलचित्रकर्मी विजय लामा कोरोना (कोभिड–१९) संक्रमण मुक्त हुनुभएको छ ।
कोरोना संक्रमणका कारण केही समय अघिदेखी स्टार अस्पतालमा रहनुभएका क्याप्टेन लामा आज संक्रमणबाट मुक्त हुनुभएको छ । संक्रमणमुक्त भएसँगै सम्पूर्ण डाक्टर, नर्स, शुभेच्छुकलाई आभार प्रकट गर्नुभएको छ ।
जीवनको ठूलो लडाईलाई जित्न सफल भएको उल्लेख गर्दै क्याप्टेन लामाले आफ्नो स्वास्थ्यको चिन्ता व्यक्त गर्ने सम्पूर्ण महानुभवलाई ठूलो हृदयका साथ धन्यवाद व्यक्त गर्नुभएको उहाँले आफ्नो सामाजिक सञ्जालमा व्यक्त गर्नुभयो ।
उहाँले कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सम्पूर्ण कार्यहरु गर्न आम नगरिकलाई आग्रह गर्दै कोरोनाबाट आत्तीने, डराउने, त्रसित हुने नभई धैर्य र सम्यमताका साथ दृढ इच्छा शक्तिका साथ अघि बढ्न समेत आग्रह गर्नुभयो ।
