काठमाडौँ, १५ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई र राष्ट्रिय पुन:निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशिल ज्ञवालीलाई कोरोना संक्रमण भएको छ ।
शंकास्पद लक्षणपछि गरिएको स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएको बताइएको छ । कार्यकारी निर्देश पौडेललाई तीन दिनदेखि सुख्खा खोकी लागेपछि उहाँ घरमै आइसोलेसनमा बस्नु भएको थियो । बिहिबार आएको स्वाब नतिजामा कोरोना देखियो बताइएको छ । निर्देशक पौडेलको स्वस्थ्य अवस्था सामान्य रहेको र उहाँ आफ्नै घरको आइसोलेसनमा बस्नुभएको छ । आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई आवश्यक सर्तकता अपनाउन निर्देशक पौडेलले आग्रह गर्नुभएको छ ।
त्यस्तै पुनःर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीमा कोरोना संक्रमण देखिएको छ । ज्ञवालीले बिहीबार ट्वीटर मार्फत आफूमा कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको छ। उहाँले आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको बताउनुभएको छ । सीईओ ज्ञवाली अहिले होम आईसोलेसनमा बस्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।