सार्वजनिक जग्गाहरुको पहिचान तथा संरक्षण गरी राष्ट्रिय महत्वका कार्य गर्छौंः सांसद बस्नेत

भक्तपुर, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा रहेका सार्वजनिक जग्गाहरुको संरक्षण तथा पहिचान गरी उक्त स्थानमा राष्ट्रिय महत्वका विकास निर्माण तथा संरचनाहरु निर्माण गर्ने बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं १० चितापोलको नगरकोटी गुठी समाजको अनुरोधमा उक्त टोलमा काम भैरहेका योजनाहरु र भूक्षय लगायत थप रहेका समस्याहरुको स्थलगत अनुगमन पश्चात टोल भेलामा उठेका प्रश्न र जिज्ञासाहरुलाई सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुरमा सार्वजनिक जग्गा कुनै दलाल, भुमाफिया तथा अन्य जो कोहीलाई पनि कब्जा गर्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो इलाकामा करिव दुई सय रोपनी भन्दा बढी सार्वजनिक जग्गा रहेको भन्ने छ । यसको पहिचना गरी राष्ट्रिय महत्वको कुनै पनि कार्य गर्न सके विभिन्न प्रकारका विकास तथा रोजगारीलगायतका असंख्य सम्भावनाहरुको ढोका खुल्ला गर्न सकिन्छ । उक्त कार्य गर्न सफल भएमा मुहार नै फेरिने छ । रोजगारीको लागि विदेशमा भौंतारिनुपर्ने बाध्यताको केही मात्रामा भए पनि अन्त्य हुने छ । युवाले आफ्नै ठाउँमा पसिना बनाई आफ्नो भविष्य निर्माणको बाटोमा अघि बढ्न सकिन्छ ।’

विगतमा सूर्यविनायक नगरपालिका वडा नं. १० विकासको दृष्टिकोणमा अलि छायाँ परेको उल्लेख गर्दै उहाँले राजनीतिक नेतृत्वको स्थापीत भएसँगै विकासका ढोकाहरु खुल्ला भएकाले अबका दिनमा विकासबाट टाढा बस्नु नपर्ने बताउनुभयो । क्षमता भएका व्यक्तिलाई अवसर दिँदै अवसरलाई व्यवहारिक तथा सामाजिक क्षेत्रमा प्रयोग हुनुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्ताको नेतृत्व सँगै विकासले काँचुली फेर्ने बताउनुभयो । अब नेतृत्व र व्यक्तित्व विकासमा लाग्नुपर्नेसमेत उहाँको जोड रहेको थियो ।

करिव पाँच करोडको लागतमा जोरपाटीबाट वडा कार्यालय हुँदै आएको ८ मिटरको सडकलाई पूर्ण रुपमा निर्माणको क्रममा रहेको जानकारी गराउँदै उहाँले विमलचोकबाट ताथलीसम्म जाने सडकलाई करिव पाँच करोडको बजेट व्यवस्थापन भएको बताउनुभयो ।

सडक, ढल, शिक्षालगायतका क्षेत्रमा जनताको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै उहाँले देवी मन्दिरमुनीको भागमा भएको भू–क्षयका कारण वस्ती तथा घरहरुमा भएको क्षतीलाई न्युनिकरण गर्दै तत्काल रोकथाम तथा नियन्त्रणका कार्यहरु अघि बढाउने जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामुदायीक भवन निर्माण, खेलकुद मैदानको निर्माणलगायतका जनताको मागहरुको बारेमा छलफल गरी अघि बढौं । एकताबद्ध प्रयास गरौं । बजेटको अभावले काम रोकिदैन । जिम्मेवार तथा योजनाबद्ध रुपमा अगाडी बढ्नुस् । तपाईहरुको साथमा हामी छौं । तपाईका हरेक सकरात्मक तथा जनमुखी कार्यमा हाम्रो साथ हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी

काठमाडौँ, १० कार्तिक । आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर