काँग्रेसद्वारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई नगद र सामग्री सहयोग

सिन्धुपाल्चोक, १५ असोज । नेपाली काँग्रेस जिल्ला कार्यसमिति नेताहरुले बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यान्न, भाँडाकुडाँ, सोलार लगायतका सामाग्री सहयोग गरेका छन् ।

नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मृतकका परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरिएको नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री तथा सिन्धुपाल्चोक काँग्रेसका नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।

फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गरेका थिए भने बाँकी पार्टीका अन्य व्यक्तिहरुमार्फत संकलन गरिएको थियो ।

वितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति भूपेन्द्र थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र शिव शक्ति समूहको सहयोगमा प्राप्त भएको हो भने प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी