मड्रिडमा लकडाउनको घोषणा

एजेन्सी, १५ असोज । स्पेनको राजधानी मड्रिड र आसपासका क्षेत्रमा लकडाउनको घोषणा गरिएको छ ।

कोरोना सङ्क्रमितको संख्या बढेपछि स्पेन सरकारले लकडाउनको घोषणा गरेको हो । नयाँ घोषणामा अब राजधानी मड्रिड र आसपासका नागरिक अति-आवश्यक नपरि घर बाहिर निस्कन नपाउने उल्लेख छ ।

उनीहरु काम, किनमेल र डाक्टरसँग भेट्नको लागि भने बाहिर जान पाउनेछन् । यस्तै ६ जनाभन्दा धेरैलाई जम्मा हुन पनि रोक लगाइएको छ । तर मड्रिडको क्षत्रिय सरकारले भने कानुनी रुपमा लकडाउन मान्य नभएको बताएको बीबीसीले जनाएको छ ।

स्पेनमा अहिलेसम्म ७ लाख ४८ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र ३१ हजार ४ सय ११ जनाको भने ज्यान गएको जोन हप्किङस विश्व विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा