काठमाडौँ, १५ असोज । शिवपुरी गाउँपालिका आफैंले ८ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोभिड १९ का बिरामी राख्नका लागि गाउँपालिकाले ८ बेडको आइसोेलेशन कक्ष निर्माण गरेको हो ।
पालिकाको पुरानो कार्यालयमा भनवमा सुविधा सम्पन्न आइसोलेशन कक्ष निर्माण गरिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो । आइसोलेशन कक्षमा एमबिएस डाक्टर सहितको व्यवस्था गर्न लागिएको छ । तत्कालका लागि आवश्यक पर्दा पालिकाको स्वास्थ्य शाखा प्रमुखले हेरचार गर्ने व्यवस्था गरिएको छ । पालिकामा अहिले कोही पनि कोडिका बिरामी नदेखिएकाले आइसोलेशनमा राख्नुपर्ने अवस्था नआएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

पालिकामा विभिन्न जिल्लाबाट आएका शिक्षक तथा शिक्षिकाको स्वाब संकलन गरी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले कोभिड रोकथाम र नियन्त्रण कार्यमा उच्च निरगानी राख्दै आएको बताउनुभयो । कोभिड रोकथाम र नियन्त्रण कार्यमा पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्य शाखाले आवश्यक समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।