उपप्रधानमन्त्री पोखरेल तथा युएईका राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १४ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल तथा नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत Saeed Hamdan Al-Naqbi ले शिष्टाचार भेट गर्नुभएको छ ।

आज सिंहदरवार स्थित आफ्नै मन्त्रालयमा संयुक्त अरब इमिरेट्सका राजदूतलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल र संयुक्त अरब इमिरेट्सबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । भेटघाटको क्रममा मन्त्री पोखरेलले संयुक्त अरब इमिरेट्समा ठूलो संख्यामा नेपाली कामदारहरू रहेको कुरा उल्लेख गर्नुहुँदै कोभिड–१९ को महामारीमा नेपाली श्रमिकप्रति संयुक्त अरव इमिरेट्सले देखाएको सद्भभावनाको सह्नाना गर्दै आगामी दिनमा पनि यसै अनुसार हुने आशा व्यक्त गर्नुभयो ।

उहाँले गत वर्षको आफ्नो संयुक्त अरब इमिरेट्समा भएको भ्रमणको स्मरण गर्नुहुँदै दुई देशबीचका सम्बन्धका क्षेत्रहरु कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत तथा स्प्रीङ वाटर लगायतका क्षेत्रहरुमा नेपाली लगानीकर्ताहरुसँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गर्नुभयो । भेटका क्रममा संयुक्त राज्य इमिरेट्स र नेपाल बीचका नियमित उडान हाल कोभिड–१९ को महामारीको कारण स्थगित भएकोमा छिट्टै नियमित हुने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले यस महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गर्नुभयो ।

संयुक्त अरब इमिरेट्सका राजदूत अल नक्वाबीले संयुक्त अरब इमिरेट्स र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रको रूपमा रहेको चर्चा गर्दै संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरू नेपालमा जलविद्युत, पर्यटन तथा कृषिमा आधरित उद्योग लगायतका क्षेत्रहरुमा लगानी गर्न इच्छुक रहेको कुरा बताउनुभयो । संयुक्त अरब इमिरेट्समा ठुलो संख्यामा नेपाली कामदारहरू रहेको र तिनले हालका दिनमा सुरक्षा¸ निर्माण तथा सेवा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कुरा व्यक्त गर्दै राजदूतले नेपाली श्रमिकहरूको उचित व्यवस्थापनका लागि नेपालसँग सहकार्य गर्न आफ्नो सरकार सकारात्मक रहेको कुरा व्यक्त गर्नुभयो । भेटघाटका क्रममा राजदूतले संयुक्त अरब इमिरेट्सको सेना र नेपाली सेनाबीच विभिन्न क्षेत्रमा सहकार्य गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् । आज

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री