अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता स्थगित

काठमाडौँ, १४ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

ओली र प्रचण्डबीचको भेटवार्ता स्थगित भएसँगै मन्त्रिपरिषद् पुनगर्ठन पनि अनिश्चित भएको छ । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता दैनिकजासो भेटवार्ता हुँदै आएको थियो । मंगलबार दुई नेताबीच भएको छलफलमा भेटवार्तालाई निरन्तरता दिँदै जाने सहमति भएपनि अध्यक्ष प्रचण्डले आजको भेटवार्ता स्थगित गर्न आग्रह गरेपछि भेटवार्ता स्थगित भएको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए । 

उनले बुधबार हुने भनिएको दुई अध्यक्षबीचको भेटवार्ता स्थगित भएको तर कारणबारे आफूलाई थाहा नभएको बताए । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठक र असोज ४ गते सम्पन्न सचिवालय बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ३ माघ । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि

हुम्ला, ३ माघ । जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर