आईपीएलमा हैदरावादको पहिलो जित

काठमाडौँ, १४ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जित हासिल गरेको छ । सिजनको आफ्नो तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १४७ रन बनायो । दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन बनाउँदा शिम्रोन हेटमायर २१ रनको योगदान गरे ।

बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६२ रन बनायो । हैदरावादका लागि जोनी बेरेस्टोले अर्धशतकीय पारी खेले । ४८ बल खेलकका बेरेस्टोले २ चौका र १ छक्काको सहयोगमा ५३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र