भारतका उपराष्ट्रपति नायडूलाई कोरोना पुष्टि

एजेन्सी, १४ असाेज । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो ।

उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ, ‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ ।,’ हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमित हुने ७१ वर्षीय नायडू बहालवाला सबैभन्दा उच्च अधिकारी हुन् । यसअघि केन्द्रीय मन्त्रीहरु गृहमन्त्री अमित शाह, नितिन गडकरी, धमेन्द्र प्रधान, गजेन्द्र सिंह शोखावतमा पनि संक्रमण पुष्टि भइसकेको छ । र, सबै जना उपचारपछि निको भइसकेका छन्

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी