अतिक्रमणविरुद्ध आक्रामक बन्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ, १४ असोज । काठमाडौँ महानगरपालिकाले नगरक्षेत्रका विभिन्न भागमा अतिक्रमण गरी बनाइएका विभिन्न संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअनुसार महानगरपालिकाले मंगलबार राजधानीको मैतीदेवी मन्दिरको पछाडि रहेको राजकुलोको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरू पूर्ण रूपमा नष्ट गरेको छ ।

महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले अतिक्रमण हटाएर जग्गा खाली गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा महालेखापरीक्षकको कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय, महानगरपालिकालगायतका निकायलाई पत्राचार गर्दै अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले राजधानीका अन्य स्थानमा पनि सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाइने जानकारी दिए । स्थानीयको उजुरीका आधारमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने कार्यलाई तीव्रता दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

यसअघि काठमाडौं महानगरपालिकाले सुन्धाराको धरहरा क्षेत्र, बौद्ध तथा स्वयम्भू र अनामनगरक्षेत्रमा भएको अतिक्रमण हटाएको थियो । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख धनपति सापकोटाले अतिक्रमण भएका अन्य स्थानमा पनि क्रमशः भत्काइने बताए । काठमाडांै महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग समन्वय गरी अतिक्रमण भएका स्थानमा अतिक्रमणकारीलाई हटाउने कार्यलाई तीव्रता दिने बताएको छ ।

राजधानीका विभिन्न खुला ठाउँमा अतिक्रमण हँुदा राजधानीको सौन्दर्यमा ह्रास हुँदै आएको छ । विशेषगरी यहाँका राजकुलो, तथा खोला नदी क्षेत्र आसपासमा ठूलो मात्रामा अतिक्रमण हुँदै आएको छ । विगतमा भूमाफियाहरूकै सक्रियतामा अतिक्रमण हुने क्रम बढेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक

काठमाडौँ, १२ कार्तिक । दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ

काठमाडौँ, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

ओखलढुङ्गा, १० कार्तिक । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका पैसाले