असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय

काठमाडौँ, १३ असोज ।  तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।

नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)उमेश ढकालका अनुसार असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको छ । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए । 

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ३ माघ । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि

हुम्ला, ३ माघ । जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर