प्रधानमन्त्री ओली नेतृत्वको सरकारले असाधारण र ऐतिहासिक काम गर्योः सांसद पहारी

पोखरा, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्र र जनताको लागि असाधारण तथा ऐतिहासिक काम गरेको बताउनुभएको छ ।

आज प्रदेश संसदमा बोल्दै सांसद पहारीले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल : सुखी नेपालीको महान् अभियानलाई सार्थकता दिन प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वको गण्डकी प्रदेश सरकारले समेत ऐतिहासिक कामहरु गरिरहेको बताउनुभयो । सरकारले वोलीले मात्र नभई व्यवहार तथा जनताले प्रत्यक्ष रुपमा देख्ने र भोग्ने गरी जनमूखि कामहरु गरेको उल्लेख गर्दै सांसद पहारीले सरकारले सिमित स्रोत साधन र प्रतिकुल समयका बाबजुत पनि सफलताको शिखर चुमेको बताउनुभयो । सरकारले विकास निर्माणका कार्यलाई तिव्रतका साथमा कानुन निर्माण तथा त्यसको कार्यान्वयनलाई समेत उच्च प्राथमिकता दिइरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमा रक्षा, राष्ट्रियताको रक्षा, नागरिकता विधेयकलगायतका असंख्य ऐतिहासिक कामहरु गरिरहेको बताउनुभयो । वर्तमान ओली नेतृत्वको सरकारले इतिहासमा कसैले गर्न नसकेका कामहरु गरेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल समाज तथा व्यक्तिको अपराधिक सोचका कारण घर समाजमा कल्पना नै गर्न नसकिने, निच सोच तथा मानव सभ्यतामाथि नै कलंकको रुपमा रहेको अपराधिक गतिविधिलाई निस्तेज बनाउन प्रधानमन्त्री ओली नेतृत्वको सरकार कठोर बन्न सफल भएको उहाँले बताउनुभयो । नावालिकालाई बलात्कार, हत्या, हिंसा, एसिड आक्रमण गर्ने जस्ता अपराधिक गतिविधिहरु वृद्धि भइरहेका उल्लेख गर्दै उहाँले उक्त अपराधिक गतिविधि गर्नेलाई सम्झदाँ नै झड्का लाग्ने गरी कठोर कानुन ल्याएको बताउनुभयो । एसिड आक्रमण गर्दा नछोएपनि १० वर्ष तथा छोएमा २० वर्षको जेल सजाय हुने सरकारले हिजो मात्र अध्यादेश जारी गरी कानुनी रुपमा लागु गरेको प्रति लक्षीत गर्दै सांसद पहारीले त्यस्ता प्रकारका अपराधिक गतिविधि गर्नेलाई आवश्यकता अनुसार सन्धी सम्झौताहरुलाई परिमार्जन तथा संविधान संशोधन गरी मृत्यु दण्डको सजाय दिने गरी कानुन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

समाजमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव, विभिन्न प्रकारका विकृतिमुक्त बनाउन प्रदेश सरकारले पहल कदमी गर्नु पर्नेमा जोड दिँदै उहाँले अपराधिको कुनै जात, धर्म, संस्कार, संस्कृति नहुन भएकाले त्यस्ता प्रकारका समाजको कालो धब्बा तथा कलंकलाई कुनै पनि उन्मुक्ती दिन नमिल्ने बताउनुभयो ।

१२ वर्षीया सम्झना विकको वलात्कार पछि हत्या भएकोमा दुःख व्यक्त गर्दै जघन्य प्रकारका अपराधिक घटनालाई समेत समाजमा वस्ने केही व्यक्तिहरुले आर्थिक लोभ तथा विभिन्न वहानामा मेलमिलाप गराउने कार्य रोक्नु पर्नेमा जोड दिनुभयो । अपराधिलाई कानुनी कठघरामा ल्याई हदैसम्मको सजाय गर्नुपर्नेमा जोड दिँदै उहाँले राज्य कठोर बन्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह