दीपिका, श्रद्धा र साराको ड्रग्स पेडलरसँग कनेक्शन भेटिएन

काठमाडौँ, १३ असोज । नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिकात्रय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको उल्लेख गरेको छ । भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो । तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग कुनै पनि कनेक्शन पुष्टी हुन सकेको छैन ।

एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए । भारतीय मिडियाका अनुसार, यदि छानविनको क्रममा कुनै बलियो प्रमाण भेटिएको खण्डमा मात्र फेरि यी तीन नायिकाहरुसँग एनसीबीले सोधपुछ गर्नेछ ।

एनसीबीले नायिका दीपिका पादुकोणलाई म्यानेजर करिश्मा प्रकाशसँगको च्याटको बिषयमा सोधपुछ गरेको थियो । दीपिकाले आफूले चुरोटको बिषयमा कुरा गरेको तर ड्रग्स सेवन नगरेको बयान दिएकी थिइन् । यस्तै, नायिका श्रद्धा कपुरसँग भारतमा प्रतिवन्धित सीबीडी ओइलको बिषयमा सोधिएको थियो । श्रद्धाले उक्त प्रतिबन्धित ड्रग्स व्यक्तिगत प्रयोजनका लागि नभई मेडिकल प्रयोजनका लागि मगाएको बयान दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण