नेपालमा पदयात्रा र पर्वतारोहण खुला

काठमाडौँ, १३ असोज । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।

अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ । कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ । नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ ।

नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ । पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरु समेत पालना गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण