अस्कर अवार्डका लागि आवेदन खुल्ला

काठमाडौँ, १३ असोज । अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ ।

अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो ।

असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको ९३ औं श्रृङ्खला भने आउँदो बर्षको अप्रिलमा हुनेछ । यस बर्ष अस्कर अवार्डमा सहभागीताका लागि केही नियम परिवर्तन गरिएको छ ।

अघिल्ला बर्षहरुमा कुनै पनि चलचित्र हलमा रिलिज भएर एक साता हलमा चलेकै हुनुपर्ने नियम थियो । यसपटक भने, प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नपाएका चलचित्रले सहभागीता जनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक