भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघ्यो

काठमाडौँ, १३ असोज । गएको २४ घण्टामा ६९ हजारमा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेको छ ।

जसमध्ये ५० लाख ९८ हजार निको भएका वल्ड्रोमिटरले जनाएको छ । वल्ड्रोमिटरका अनुसार ९ लाख ४८ हजार कोरोनाका सक्रिय बिरामी रहेकामा साढे ८ हजारको अवस्था जटिल रहेको र अरुको अवस्था सामान्य छ ।

९६ हजारको भने कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । भारतभन्दा धेरै साढे ७३ लाखमा कोरोना पुष्टि भएको अमेरिकामा भने ४६ लाख निको भएका छन् । त्यहाँ २ लाख ९ हजारको भने ज्यान गएको छ । अहिलेसम्म विश्वभर ३ करोड ३५ लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये २ करोड ४८ लाख निको भएका छन् । १० लाख ६ हजारको भने ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।

काठमाडौँ, ८ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट

काठमाडौँ, ८ माघ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले