विश्वमा कोरोनाबाट १० लाखभन्दा बढी मानीसको मृत्यु

काठमाडौँ, १३ असोज । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका २ सय १५ मुलुकका १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ६८ हजार निको भएका छन् भने करीब ७६ लाख ७० हजार जना सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ६५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या ७३ लाख ६१ हजार नाघिसकेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ९ हजारभन्दा बढीको ज्यान गएको छ भने ४६ लाखभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६१ लाख ४३ हजार १९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि ९६ हजार ३५१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् भने ७ सय ७७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा करिब ४७ लाख ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४२ हजार १६१ जनाको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ । रसियामा पछिल्लो २४ घण्टामा करीब ८ हजार नयाँ संक्रमित थपिएका छन् भने हालसम्म ११ लाख ५९ हजार ५७३ जना संक्रमित पुगेका छन् ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । नेपालमा हालसम्म ७४ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म ४८१ जनाले ज्यान गुमाएका छन् भने ५४ हजार ६४० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२