काठमाडौँ, १२ असोज । नेपालमा कोरोनामुक्त जिल्ला ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त ७ जिल्लामा सोलिखुम्बू, रसुवा, मनांङ, मुस्तांङ, डोल्पा, मुगू र हुम्ला रहेका छन ।
त्यस्तै थप १३ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७४ हजार ७ सय ४५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आज ७ सय ४१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५४ हजार ६ सय ४० जना रहेको छ । आज ४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।