एजेन्सी, १२ असोज । बलिउड महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आइरहेको चर्चित शो ‘कौन बनेगा करोडपति’ को १२औं सिजन आजबाट प्रसारण हुँदै छ ।
‘केबीसी १२’ आजबाट सोनी च्यानलमा हरेक सोमबारदेखि शुक्रबारसम्म राति ९ बजे (नेपालमा सवा ९ बज)० प्रसारण हुँदै छ । २० वर्षको यात्रामा ‘केबीसी’ पहिलोपटक बिनालाइभ अडियन्स सुरु हुन लागेको हो ।
प्रत्यक्ष दर्शकको उपस्थित नहुने भएकाले यस सिजनमा प्रतिस्पर्धीहरुले स्टुडियोमा भएका दर्शकहरुसँग ‘अडियन्स पोल’ मार्फत प्रयोग गर्ने लाइफलाइनको विकल्पमा ‘भिडियो अ फ्रेन्ड’ हुनेछ । यसका साथै प्रतिस्पर्धीले ‘इन्टेलिजेन्ट एक्सपर्ट’ वा ‘फ्रिल्प द क्वेसन’ पनि छान्न पाउनेछन् ।
९५ एपिसोड रहने केबीसी १२ को प्रसारण भने १९ सातासम्म हुनेछ । महामारीलाई ध्यानमा राख्दै आवश्यक सबै स्वास्थ्य, सुरक्षाका मापदण्ड अपनाएर शोको छायांकन गरिएको छ । इन्डियन एक्सप्रेस