अध्यक्षद्धय ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौँ, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका उनीहरुबीच आज बिहान साढे ११ बजेदेखि  बालुवाटार छलफल जारी छ  ।

यसअघि बिहीबार, शुक्रबार र आइतबार भएको लगातारको छलफलमा पनि ठोस सहमति जुट्न सकेको थिएन । खासगरी मन्त्रीमण्डल पुनर्गठनका लागि अपनाइने मापदण्डका बारेमा अध्यक्षद्वयबीच सहमति बन्न नसक्दा मन्त्रीमण्डल गठनमा ढिलाइ भएको हो । 

मन्त्रीमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रिहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् । त्यस्तै समीकरण मिलाउन ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ७ माघ । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । प्रहरीका अनुसार  गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी

सर्लाही, ७ माघ । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलंगवा सडकखन्डबाट भन्सार

झापा, ७ माघ । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । प्रहरीका

चितवन, ७ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको