विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौँ, १२ असोज । विश्वभर कोरोना भाइरस (कोभिड— १९)बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।

अहिलेसम्म विश्भर १० लाख २ हजार ३८३ मानिसले कोरोना संक्रमणकै कारण भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

तथ्यांक अनुसार आज बिहानसम्ममा विश्वभर कुल ३ करोड ३३ लाख ३ हजार २०९  मानिस संक्रमति भइसकेका छन् । अमेरिकामा हालसम्म ७३ लाख २१ हजार ३४३ जना संक्रमित हुँदा २ लाख ९ हजार ४५३ जनाको ज्यान गइसकेको छ । त्यहाँ आइतबार मात्र एकै दिनमा ३३ हजार ७८२ जना संक्रमित भएका छन् भने २७६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै भारतमा आइतबार एकैदिन ८२ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणकै कारण १ हजार ४० जनाको ज्यान गएको छ । भारतमा अहिलेसम्म कुल संक्रमित संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । त्यहाँ हालसम्म कोरोनाका कारण ९५ हजार ५७४ जनाले ज्यान गुमाइसकेका छन् ।

यता ब्राजिलमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १ लाख ४१ हजार ७७६ जनाले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित संख्या ४७ लाख ३२ हजार ३०९ पुगेको छ । पछिल्लो एक दिनमा त्यहाँ १४ हजार १९४ संक्रमित थपिँदा ३३५ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा आइतबार एकै दिन ११ हजार १२३ जनामा संक्रमण पुष्टि भएको छ । भने २७ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा कुल संक्रमित ५ लाखा ३८ हजारभन्दा बढी रहेकोमा ३१ लाख ७२७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण बढी ज्यान गुमाउने देशहरुमा भारतपछि मेक्सिको, बेलायत र इटाली रहेका छन् । ती देशहरुमा हालसम्म क्रमशः ७६ हजार २४३ जना, ४१ हजार ९८८ जना र ३५ हजार ८३५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।

कुल संक्रमितका हिसाबले भने ब्राजिलपछि बढी संक्रमित भेटिएका तीन देश रुस, कोलम्बिया र पेरु रहेका छन् । ती देशहरुमा हालसम्म क्रमशः ११ लाख ५१ हजार ४३८ जना, ८ लाख १३ हजार ५३ जना र ८ लाख ५ हजार ३०२ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट निको हुने विश्वका देशहरुको शीर्ष स्थानमा भने भारत रहेको छ । त्यहाँ अहिलेसम्म ५० लाख १३ हजार ३६७ जना निको भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या ९ लाख ६४ हजार ४०७ मात्र छ ।

त्यसपछि बढी निको हुनेमा क्रमशः अमेरिका, ब्राजिल र रुस रहेका छन् । ती देशहरुमा हालसम्म क्रमशः ४५ लाख ६० हजार ४५६ जना, ४० लाख ६० हजार ८८ जना र ९ लाख ४३ हजार २१८ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । ती देशहरुमा अहिले सक्रिय संक्रमितको संख्या क्रमशः २५ लाख ५१ हजारभन्दा बढी, ५ लाख ३० हजारभन्दा बढी र १ लाख ८७ हजारभन्दा बढी रहेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाउँछ ।

विश्वभर भने अहिलेसम्म कुल संक्रमितमध्ये २ करोड ४६ लाख ३४ हजार ६१ मानिस कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् । हाल विश्वमा सक्रिय संक्रमितको कुल संख्या ७६ लाख ६६ हजार ७६५ मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा