जिसस काठमाडौँ र नागार्जुन नगरपालिकाबीच प्रशासनीक भवन निर्माण सम्झौता

काठमाडौँ, ११ असोज । जिल्ला समन्वय समिति काठमाडौंँ र नागार्जुन नगरपालिकाबीच नागार्जुन नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि सम्झौता भएको छ ।

नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्वीकृत कुल ठेक्का रकम १२ करोड ९२ लाख ४७ हजार ३५६ रुपियाँ कर सहितको ६० प्रतिशतले हुने रकम सात करोड ७५ लाख, ४८ हजार ४१३ रुपियाँ जिसस काठमाडौंँले उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा जिससका प्रमुख शिवसुन्दर राज बैद्य र नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतको रोबरमा काठमाडौँ जिससका जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी र नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरबीच सम्झौता पत्रमा आइतवार हस्ताक्षर भएको हो ।

जिल्ला समन्वय समितिको मौजाद कोष सञ्चालन निर्देशिका बमोजिम नागार्जुन नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौं बीच सम्झौता गरिएको हो ।

भवन निर्माण सम्बन्धी आयोजना कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी नागार्जुन नगरपालिकाको हुने, कार्यक्रम कार्यान्वयनका लागि खर्च भएको रकमको लेखा राख्ने तथा लेखा परिक्षण गर्ने समेत कार्य नगरपालिकाले गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । नगरपालिकाको आयोजना कार्यान्वयन तालिका संशोधन गर्नु परेमा सोको विवरण समेत जिसस काठमाडौँमा पठाउनुपर्नेछ ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले निर्धारित समयभित्रै भवन निर्माण गरिसक्ने बताउनुभयो । त्यस्तै जिसस काठमाडौंँका प्रमुख बैद्यले नगरपालिकाको प्रशासनीक भनव निर्माणका क्रममा आवश्यक समन्वय गर्ने बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिको तर्फबाट जिसस काठमाडौँका शाखा अधिकृत मधु अर्याल (खनाल) सहित अन्य कर्मचारी र नागार्जुन नगरपालिकाको तर्फबाट नगर प्रमुख बस्नेत सहित प्रमुख प्रशासकीय अधिकृत थापा मगर र प्राविधिक शाखा प्रमुख कञ्चन खनाल, प्रशासन तथा योजना उपशाखा प्रमुख नारायणप्रसाद तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । स्थानीय तहप्रति नागरिकको चासो र अपेक्षा बढेको छ । स्थानीय नागरिकले सरकारप्रति अनुदानदेखि रोजगारमुखी कार्यक्रमको अपेक्षा

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल