पिनमा गुटवन्दीको नाममा किर्ते हस्ताक्षरः कानुनी उपचार खोज्ने चेतावनी

काठमाडौँ, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन)को केन्द्रीय कमिटीमा किर्ते हस्ताक्षरको विगविगी भएको छ । पार्टी भित्रको गुट उपगुटका नाममा किर्ते हस्ताक्षर गरिएको पाइएको छ ।

तत्कालिन नेकपा एमाले निकटको माधव नेपाल तथा तत्कालिन माओवादी निकट गरी दुई गुटले केन्द्रीय कमिटीको सचिवालयमा बहुमत संख्या देखाउन र अध्यक्ष तथा महासचिव सहितको नेतृत्वलाई अल्पमतमा पारी संगठनलाई चलायमान हुनबाट रोक्न गुटवन्दी गरिएको प्रमाणीत भएको छ । २१ जनाको केन्द्रीय सचिवालयमा ११ जना संख्या पुर्याउन माधव नेपाल तथा पूर्वमाओवादी निकटका नेतृत्वले किर्ते हस्ताक्षर गरी संगठनलाई व्यापक मात्रामा बैधानिक रुपमा धक्का पुग्ने कार्य गरेको पाइएको छ ।

पिनको विधि, नीति, नियम तथा विधान अनुरुप सञ्चालन गर्नुपर्नेमा अध्यक्ष तथा महासचिवसहितको नेतृत्वले पहल कदमी गरिरहँदा पनि गुटगत स्वार्थ बोकेका केही नेतृत्वले संगठनलाई अग्रगामी दिशामा भन्दा पनि ध्वस्त पार्ने दिशामा उद्धत रहेको पाइएको छ । दुई गुटका ई. केशवराज विष्ट, डा. माधवप्रसाद कोइराला, ई. आशिष घिमिरे, ई. नन्द बञ्जाडे, ई. अनन्तराज घिमिरे, डा. नारायण चौलागाई, ई. डिल्लीराम भट्ट, ई. सी.आर. ढकाल, ई. रामएकवाल यादव, ई. विरोध रिजाल तथा ई. कपिल अचार्यद्वारा आज प्रकाशित गरिएको विज्ञप्तीमा ई. रामएकवाल यादवको डिजिटल हस्ताक्षरलाई दुरुपयोग गरी किर्ते गरिएको हो ।

किर्ते हस्ताक्षर भएको विज्ञप्ती

नेकपाको पहिलो जनसङठनको रुपमा रहेको पिनमा केही दिन अगाडि संगठनको संगठन बिभाग प्रमुखले बहुमत सदस्य रहेको दावी गरि अध्यक्ष र महासचिवको अधिकार हातमा लिई सचिवालय बैठकको अव्हान गरे पछि सङठनमा अराजकता मौलाएको थियो । हिजो अन्तिम समयमा राम एकवाल यादवले आफ्नो सहमती बेगर हस्ताक्षर गराइएको विज्ञप्ती पश्चात् बैठक स्थगित गरिएको थियो ।

संगठनले जारी गरेको निर्देशन पत्र

हिजै मात्र संगठनका अध्यक्ष र महासचिवले परिपत्र जारी गरि पार्टीको निर्देशन अनुसार असोजको अन्त्यसम्ममा सबै जिल्ला कमिटी निर्माण गर्न प्रदेशस कमिटीलाई निर्देशन दिएको थियो । आज फेरि राम एकवाल यादवको अनुमती बेगर विज्ञप्ती निकाले पछि संगठनमा झन् अराजकता मौलाएको देखिएको छ । संगठनका अध्यक्ष्य र महासचिवलाई बाइपास गरि सचिवालय बैठक बोलाउने विधि बिपरितका काममा संलग्नलाई सङठनले सिधै कारबाही गर्न सक्ने स्थिती आउने सम्भावना प्रवल रहेको निकट स्रोतले बताएको छ ।

यसै क्रममा ई. यादवले आफ्नो विना मञ्जुरी डिजिटल हस्ताक्षरको दुरुपयोग गरी आफ्नो मात्र नभई संगठनको नै अपमान गरेको भन्दै तत्काल पार्टी तथा संगठनको विधान अनुसार कारवाहीको माग गर्नुभएको छ । यदी संगठनले कारवाहीको प्रकृया तत्काल अगाडी नवढाएमा कानुन अनुसार साईवर अपराध सम्बन्धी कानुनी उपचार खोज्ने समेत चेतावनी दिनुभएको छ ।

ई. यादवको चेतावनीपूर्ण विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल