काठमाडौँ, ११ असोज । मन्त्रिपरिषद्को बैठक सकिएको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्नका लागि इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको स्रोतले जनाएको छ ।
नेकपाका दुई अध्यक्षबीच आज बिहान भएको छलफलमा मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल भएपनि त्यसबारे मन्त्रिपरिषदमा कुनै प्रसंग नआएको जनाइएको छ ।