काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरेको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक सञ्जाल फेसबुकबाट सांसद श्रेष्ठले जानकारी दिएका छन ।
उनले पछिल्लो समय आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन समेत अनुरोध गरेका छन । उनी हाल होम आइसोलेसनमै बसेका छन ।