न म ड्रग्स लिन्छु, न मेरो पार्टीमा ड्रग्स हुन्छ : करण जौहर

एजेन्सी, ११ असोज । बलिउड निर्देशक तथा निर्माता करण जौहरले एक विज्ञप्ति जारी गर्दै आफूले आयोजना गर्ने पार्टीमा लागुऔषध नहुने बताएका छन् ।

करणले आफूले लागुऔषध सेवन नगर्ने र यस्तो पदार्थको सेवनलाई बढावा नदिने पनि बताएका छन् । करणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “केही मिडिया र सामाजिक सञ्जालमा २०१९ को २८ जुलाईमा मेरो घरमा भएको पार्टीमा लागुऔषध सेवन गरेको भन्ने गलत खबरहरु फैलिरहेको छ,” “मैले २०१९ मा नै यो खबर गलत हो भनेर स्पष्ट गरिदिएको थिएँ । अहिले फेरि फैलिएको भ्रष्टभ्रामक अभियान देख्दा म पुनः एकपटक भन्न चाहन्छु की यी आरोपहरु आधारहीन र गलत छन् । उक्त पार्टीमा कुनै पनि किसिमको लागुऔषध सेवन गरिएको थिएन ।”

सुशान्तसिंह राजपूतको मृत्यु प्रकरण मुद्दा लागुऔषध विषयमा मोडिएसँगै बलिउडमा लागुऔषधबारे सोधखोज सुरु भएको हो । जसमा करणको घरमा २०१९ मा आयोजित पार्टीका भिडियो र फोटोहरु भाइरल भएको थियो । उक्त फोटो र भिडियोमा थुप्रै बलिउडकर्मीहरु नशामा तल्लिन देखिएको थियो, जसकारण करणको पार्टीमा लागुऔषध उपलब्ध थियो भन्ने खबरहरु बाहिरन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।

काठमाडौँ, ८ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट

काठमाडौँ, ८ माघ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले