कोरोना संक्रमित प्रहरीको संख्या ४१ सय नाघ्यो

काठमाडौँ, ११ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ ।

जसमध्ये १८ सय ७१ जना सक्रिय संक्रमित छन् । २२ सय ३४ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत २९१ जना संक्रमित छन् भने उपत्यकामा ६९२ जना सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा १६२ जना सक्रिय संक्रमित छन् । प्रदेश २ मा १५८ जना, वाग्मती प्रदेशमा १२४ जना, गण्डकी प्रदेशमा १५६ जना, प्रदेश ५ मा १५३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा ८० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको

बुटवल, ५ कार्तिक । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा

काठमाडौँ, ५ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, ५ कार्तिक  । दशैंको आज पाँचौ दिन हो । आज शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको