काठमाडौँ, ११ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ ।
आइपीएलको दौरानमा कोलकाताको यो पहिलो जित हो भने हैदरावादको निरन्तर दोस्रो हार हो । कोलकताको तर्फबाट प्याट कमिन्सले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बरुण चक्रबर्तीले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए । त्यस्तै आन्द्रे रसेलले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिएका थिए । राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबबीच आज साँझ ७ : ४५ बजे हुनेछ ।





