लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी, ११ असोज । लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामाको घोषणा गरेका छन ।  नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उनले राजीनामा दिएका हुन । लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेको जनाएका छन् । 

‘म सरकार गठनको कामलाई निरन्तरता दिन नसकेकोमा माफी माग्न चाहन्छु’ अदीबले टेलिभिजन सम्बोधनमा भनेका छन ।  अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका

काठमाडौँ, ८ वैशाख । आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल ।  मेष : नसोचेको क्षेत्रबाट आम्दानी हुनसक्छ। सेयरमा लगानी गरेको

काठमाडौँ, ७ वैशाख । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक