विश्वमा कोरोना संक्रमित संख्या दुई करोड ३० लाख नाघ्यो

काठमाडौँ, ११ असोज । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेको संख्या दुई करोड ३० लाख नाघेको छ ।

पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार २ सय ७६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोनामुक्त भएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५९ लाख ९० हजार ५१३ पुगेको छ । भारतमा हालसम्म ९४ हजार ५ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी थपिएका छन् । यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।

यस्तै धेरै संक्रमित भएको सूचीको चौथो स्थानमा रहेको राष्ट्र रसियामा कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार ५ सय ७१ पुगेको छ । रसियामा २० हजार २ सय २५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ९ लाख ४० हजार संक्रमित निको भइसकेका छन् ।एसियाली मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा तीव्र रुपमा बृद्धि भएको छ । भारतपछि धेरै संक्रमित देखिएको देशमा क्रमशः इरान, बंगलादेश, इराक, साउदी अरेबिया लगायत छन् । एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा निको हुनेको संख्या ८४ लाख ६९ हजार रहेको छ भने १ लाख ८७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७१ हजार सय २१ पुगेको छ । यस्तो कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ । शनिवार साँझसम्मको अपडेट अनुसार नेपालमा ५३ हजार १३ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै आजसम्म घर फर्किनेको संख्या ५३ हजार १३ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ

कास्की, १२ असोज । पोखरा महानगरपालिका–३२ मझुवास्थित सडकबाट १ थान कछुवाको खपेटासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ, १२ असोज । कपनबाट सोमबार अपरान्हदेखि चार वर्षीय बालक पियुष शर्मा बेपता भएका छन् । कपनमा मिस्त्री काम गर्दै आएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021