उच्च अदालतद्वारा रिट निवेदन खारेज

ललितपुर, असोज १० गते । रिट निवेदक उद्योग प्रसाद तिमलसीना र विपक्ष महाँकाल गाउँपालिकाका अध्यक्ष समेत भएको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको छ ।

२०७७ साल असोज ७ गते न्यायधिश नातिबाबु लामिछाने र न्यायधिश बामदेव ज्ञवालीको संयुक्त इजलासबाट रिट निवेदन खारेज गरिएको हो । अन्य बरिष्ठ शिक्षक हुँदाहुँदै कनिष्ठ शिक्षकलाई कामु प्रधानाध्यापकमा नियुक्ती गरेको भन्ने कुरा रिट निवेदनमा उल्लेख गर्न सकेको नदेखिदा निवेदकको माग बमोजिम रिट जारी गर्नुपर्ने अवस्था देखिन नआएकाले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर छ उच्च अदालत पाटनद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । साथै यस अदालतबाट २०७६ साल १२ महिना ३ गतेमा जारी भएको अन्तरिम आदेश समेत निष्कृय हुने ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९