पाइपलाइनबाट पेट्रोल ल्याउन आधुनिक भण्डारण बनाउँदै आयल निगमः रिमोर्ट कन्ट्रोल हुने

काठमाडौँ, १० असोज । नेपालमा पाइपलाइनबाट डिजेलको आयातसँगै चुहावट र ढुवानी खर्चमा व्यापक मात्रामा सुधार आएको छ । बाटोबाटै हुने चुहावट हुने कार्य करिव अन्त्य भएको छ । त्यती मात्र नभई पाइपलाइनबाट डिजेल आउन थालेसँगै ढुवानी बापत राज्यको वार्षिक करोडौं रुपैया समेत जोगिएको छ । जसले गर्दा मुलुकको आर्थिक वृद्धिदरमा महत्वपूर्ण टेवा पुगेको छ ।

बारा जिल्लाको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेलको आयात सुरुभएसँगै नेपाल आयल निगमले ठूलो सफलता हासिल गरेको छ । वर्तमान समयमा पाईपलाईनबाट डिजेलमात्र आउने गरेको छ । व्यवस्थित भण्डारण तथा व्यवस्थापन अपुगका कारण पेट्रोल तथा मट्टीतेलको भने पाइपलाइनबाट ल्याउन थालिएको छ । तर आयल निगमले पेट्रोल तथा मट्टीतेल समेत पाइपलाइनबाट नै ल्याई राज्यको ठूलो रकम जोगाउने कार्यलाई तिव्रता दिइरहेको छ । जसको लागि भण्डारण क्षमता वृद्धि तथा व्यवस्थित संरचना र आवश्यक सामाग्रीको व्यवस्थापन रहेको छ ।

कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले नेतृत्व गरेसँगै आयल निगमले उल्लेख्य मात्रामा सुधारको पथमा अगाडी बढेको छ । निर्देशक पौडेलको उत्कृष्ट व्यवस्थापनसँगै देशभरका निगमका कार्यालयहरुले हातमा हात काँधमा काँध मिलाई व्यवस्थित तथा प्रभाकारी ढंगले अघि बढेका छन् । त्यती मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको पाईपबाट पेट्रोलियम पदार्थ ल्याउने एउटा महत्वकांक्षी योजना समेत सफल भएको छ । केही व्यक्तिगत स्वार्थ बोकेका व्यक्ति, संस्था वा मिडियाले निगमको आलोचना गरे पनि भावी लक्ष्य तथा योजनाहरु आशातित रहेको पाइएको छ । घाटामा रहेको निगमलाई नाफामा लैजानु र पूर्ण रुपमा आधुनिक सुविधासम्पन्न गराई दुर्गम तथा सुगम ठाउँका जनतालाई सुविधा प्रदान गर्नु वर्तमान निगमका कर्मचारी तथा नेतृत्वको महत्वपूर्ण योगदान रहेको छ ।

आयल निगम अमलेखगञ्जले चितवनको राप्ती नगरपालिकाको वडा नं. १ लोथरमा २३ विघा १२ कठ्ठा ३.२५ धुरमा व्यवस्थित भण्डारणको पूर्वाधार निर्माण गर्ने प्रकृया अघि बढाएको छ । त्यस्तै अमलेखगञ्जमा नै ६ विघा १४ कठ्ठा १७.५ घुरमा थप पुनः नयाँ संरचनाहरु निर्माणको क्रममा रहेको छ । पहिलो चरणमा ल्याइएको अहिले पाइपलाइनबाट डिजेल ल्यारहेको ठाउँबाट करिव ९ सय मिटर पाइपलाइन दोस्रो चरणको बन्ने क्रममा रहेको अमलेखगञ्ज आयल निगमका प्रमख भरत रेग्मीले जानकारी दिनुभयो । उक्त दुवै स्थानमा बन्ने संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने समेत बताईएको छ ।

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा ८२ लाख लिटर पेट्रोल भण्डारण गर्नेगरी पूर्वाधार निर्माण गर्ने भएको छ । अमलेखगञ्जमा पेट्रोलको भण्डारण क्षमता न्यून भएकाले थप गर्न लागिएको हो । डिजेलको भण्डारण क्षमता उल्लेख्य भए पनि पेट्रोलको न्यून हुँदा थप ८२ लाख लिटरको क्षमता बढाउन लागिएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ ।

४१ लाख लिटरका दुई वटा पेट्रोल ट्यांकी निर्माण गर्न लागिएको उल्लेख गर्दै प्रमुख रेग्मीले भन्नुभयो, “पेट्रोलको भण्डारण क्षमता एकदम न्यून रहेकाले पाइपलाइनबाट आउने पेट्रोल तथा मट्टितले भण्डारण गर्नका लागि क्षमता बढाउन लागिएको हो ।” हाल अमलेखगन्जमा १९ लाख लिटर पेट्रोल भण्डारण क्षमता छ । ८२ लाख भण्डारण क्षमता बढाएपछि एक करोड लिटर पुग्ने हुँदा अन्य स्थानमा आपूर्ति गर्नसमेत सहज हुने निगमको उहाँले जानकारी दिनुभयो ।

भण्डारण क्षमता अभावकै कारण पाइपलाइनबाट हाल पेट्रोल आयात हुन सकेको छैन र ट्यांकरबाटै आयात गर्नु परिरहेको छ । निगमले अमलेखगञ्ज–२१ मा रहेको आफ्नै १२ विघा जग्गामा नयाँ भण्डारणस्थल निर्माण गर्न लागेको हो । सोही स्थानमा नेपालमा नै पहिलो पटक ६० लाख लिटरको क्षमताको दुई वटा पानीका भर्टिकल ट्यांकीसमेत निर्माण गर्न लागिएको कार्यलयले जानकारी दिएको छ । यस्तै, २४ वटा ट्यांकर एकैपटक लोड गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।

उच्चस्तरको प्रयोगशाला स्थापनासमेत गर्न लागिएको अमलेखगन्ज कार्यालयले जानकारी दिएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको गुणस्तरको सर्टिफिकेट पठाउने गर्छ । आईओसीले पठाएको तेलको गुणस्तर उपयुक्त छ कि छैन भनेर परीक्षण गर्न सकिने अत्याधुनिकस्तरको प्रयोगशाला निर्माण गर्न लागिएको रेग्मीले जानकारी दिनुभयो । यसका लागि ९७ करोड भारु लागत लाग्ने अनुमान गरिएको प्रमुख रेग्मीले जनाकारी दिनुभयो । उक्त भण्डारणमा केही समस्या उत्पन्न भई आगलागि भएको खण्डमा समेत रिमोर्टको माध्मबाट नियन्त्रणमा लिन सकिने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै धनुषाको १० विघा र झापाको ५ विघामा समेत आवश्यक संरचना बन्ने क्रममा रहेको प्रमुख रेग्मले जानकारी गराउँदै धनुषामा ग्यास वा पट्रोलियम पदार्थकै भण्डारण गर्ने प्रकृया अगाडी बढेको बताउनुभयो । चितवनमा एक करोड ४० लाखको तीन वटा टेंकी जसमा चार करोड, पेट्रोल, दुई करोड लिटरको चारवटा गरी आठ करोड डिजेल, पाँँच लाखको दुईवटा गरी १० लाख मट्टितेलको टेंकी, हवाई इन्धनको लागि तीन वटा ८० लाख क्षमता गरी जम्मा दुई करोड ४० लाख क्षमताको टेंकी बन्ने प्रकृया समेत अघि बढेको छ ।

उक्त निर्माणको क्रममा अघि बढेका संरचनाहरु सम्पन्न भएसकेपछि तथा निगमले भण्डारण गर्ने क्षमता पूर्ण भएसँगै ढुवानी खर्चको साथै चुहावटको पूर्ण रुपमा अन्त्य हुने प्रमुख रेग्मीको दावी रहेको छ । त्यस्तै पेट्रोलको भारतबाट ढुवानी गर्दा तापक्रम फरक पर्ने भएकाले भारतबाट नेपाल आइपुग्दा केहिमात्रामा कम हुने समस्या समेत समाधानका साथै पेट्रोलियम पदार्थमा हुने घाटाको अन्त्य हुनेमा उहाँको विश्वास रहेको छ । आयल निगमले बजारमा भएको मुल्य अन्तरलाई समेत नियन्त्रण गर्ने गरी काम अघि बढाइरहेको छ । भने विकट स्थानमा समेत ग्यास तथा पेट्रोलियम पदार्थका डिपोहरु राख्ने तयारी गरिरहेको छ ।

हाल भारतको पटनाबाट पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । आईओसीले मोतिहारीमा डिपो निर्माण गरेपछि त्यसबाट तेल ढुवानी गरिन्छ । अहिले पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटर डिजेल आयात हुने गरेको छ । पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ सस्तो पर्ने गर्छ । एक वर्षको अवधिमा एक अर्ब भन्दा बढी ढुवानी रकम बचत भएको निगमले जानकारी दिएको छ । अहिलेसम्म पाइपलाईनमार्फत ५७ लाख लिटर डिजेल आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका