दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ, १० असोज  । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ ।

विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उहाँको दाबी छ ।

दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चाडबाड मुखमा आएको छ । असोज १५ देखि पूर्ण सिट क्षमतामा चाउनुको विकल्प छैन । त्यसो नगरिए यात्रुले टिकट पाउने सम्भावना निकै कम हुन्छ । आधा सिट मान्छे हालेपछि आधा मान्छे त काठमाडौँमा रहन्छन्, गाडीको सङ्ख्या त थपिएको छैन । ”

आन्तरिक हवाई उडानलाई पूर्ण सिट क्षमतामा सञ्चालन हुन दिएपछि बसलाई मात्र रोक्नुको कुनै अर्थ नहुने महासङ्घले जनाएको छ । याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका

काठमाडौँ, ४ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका

काठमाडौँ, ४ असोज । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021