नायीका साम्राज्ञीको हातमा ३ फिल्म

काठमाडौँ, ९ असोज । नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहको हातमा तीन वटा फिल्म परेको छ । एकपछि अर्काे फिल्म उनको हातमा परिरहेको छ ।

उनको हातमा रहेको फिल्ममा निर्देशक हेमराज विसीको ‘एक’, ‘रेड वाइन’ र ‘हुतुतु’ हुन् । ‘एक’ मा अभिनेता प्रदीप खड्कासँग अपोजिट रहने यो फिल्म कोरोनाको कहर सकिने बित्तिकै छायाँकनमा निस्कने तयारीमा छ ।

त्यस्तै ‘रेड वाइन’ भने उनले गत मङ्गलबार  साइन गरेकी हुन् । रमेश एमके पौडेलको निर्देशन रहने फिल्ममा उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । आशुसेन फिल्मस्को नयाँ फिल्म ‘हुतुतु’मा पनि रहने चर्चा छ । यो विषयमा  आधिकारीक धारण निर्माण युनिटले सार्वजनिक गरेको छैन । न त साम्राज्ञीले यस विषयमा मुख खोलीका छिन् । तर, बाहिर भने ‘हुतुतु’ उनी देखिने पक्कपक्की भएको चर्चा छ । यदी ‘हुतुतु’का लागि पनि उनी फाइनल भएकी भए अहिले उनको हातमा तीन फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा