किम जोङ उनले मागे माफी

एजेन्सी, ९ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारी मारिएकोमा माफी मागेका छन् ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार किमले दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग उक्त घटना नहुनु पर्नेथियो भनेका छन् ।

दक्षिण कोरियाका अनुसार ४७ वर्षका एक व्यक्ति कथित रुपमा उत्तर कोरियाबाट भाग्ने कोसिस गरिरहेका थिए । उनलाई उत्तर कोरियाका सैनिकले पानीमा यात्रा गरिरहेको देखे ।   दक्षिण कोरियाका अनुसार त्यसपछि उनलाई गोली हानिएको र उनको शव जलाइएको थियो ।

उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा भारी सुरक्षा हुन्छ । त्यहाँ कोरोनाभाइरसका कारण बाहिरी देशबाट मानिसहरुको आवतजावत रोक्ने उद्देश्यले मानिसलाई देख्ने बित्तिकै गोली हानिदिने आदेश जारी गरिएको छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसका अनुसार किम जोङ उनले राष्ट्रपति मूनलाई एक पत्र लेखेर माफी मागे । किमले यसमा लेखेका छन्, ‘मलाई राष्ट्रपति मून र दक्षिण कोरियाली जनतालाई निराश बनाएकोमा असाध्यै खेद छ ।’

उत्तर कोरियाले दक्षिण कोरियालाई यो घटनाबारे गरिएको अनुसन्धानको निष्कर्ष पनि सुम्पिएको छ । यसमा बताइए अनुसार ती व्यक्तिमाथि १० भन्दा बढि गोली हानिएको थियो जब उनी दक्षिण कोरिया तिरबाट उत्तर कोरिया आएका थिए र उनले आफ्नो पहिचान बताउन अस्विकार गरेपछि भाग्ने कोसिस गरेका थिए ।

दक्षिण कोरियाले ती व्यक्तिको शव जलाएको बताए पनि उत्तर कोरियाले भने ती व्यक्तिको शव नजलाइएको स्पष्ट पारेको छ । यद्यपि, ती व्यक्ति जुन सामानमा तैरँदै आएका थिए, त्यो भने जलाइएको बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा निर्देशक सुह हूनले यो पत्रबारे जानकारी दिँदै भने, ‘सैनिकले गोली चलाएपछि घुसपेठ गर्ने अज्ञात व्यक्तिलाई खोज्न सकेनन्, त्यसपछि महामारीको रोकथामका लागि लागू गरिएको आपतकालीन प्रबन्ध अनुसार त्यो सामान जलाइदिए ।’ बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021