श्रेष्ठद्वारा प्रेस काउन्सिलका अध्यक्षबाट राजीनामा

काठमाडौँ, ९ असोज । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको प्रेस काउन्सिलको बोर्ड बैठकमा उनले राजीनामा दिएका हुन् । काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताका निम्ति आफूले राजीनामा दिएको श्रेष्ठले बताएका छन् ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्ति सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त पदमा काउन्सिल बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । श्रेष्ठले राजीनामा दिएसँगै काउन्सिलको बोर्ड बैठकले सदस्य गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकेको छ । बुढाथोकी साँघु साप्ताहिकका प्रकाशक सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह